Skip to content

नेप्सेमा ‘थपलिया’लाई दोहोर्याउन ब्रोकरको अन्तिम कसरत, ज्ञवाली र लम्साल ‘वेट एण्ड सी’ रणनीतिमा, बाँकी सबै ‘साइड’ लागे !

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेप्सेको महाप्रबन्धक पदमा सीताराम थपलियालाईनै दोहोर्याउन केहि ब्रोकरहरुले अन्तिम कसरत गरिएको बुझिएको छ । एक विश्वस्त स्रोतले दिएको जानकारी अनुसार सीताराम थपलिया निकट केहि ब्रोकरहरु जुनसुकै हालतमा सीताराम थपलियालाई नेप्सेमा पुन: नियुक्ति दिईनुपर्ने भन्दै पावर सेन्टर धाइरहेका छन् । ‘सीताराम थपलियालाई पुन: नियुक्ति दिन भन्दै केहि ब्रोकरहरु पावर सेन्टर धाइरहेका छन् । उनीहरुले अर्थमन्त्री समक्षपनि यो कुरा पुर्याईसकेका छन् भने आरजु देउवा समक्ष यो कुरा पुर्याएर उनलाई कन्भिन्स गराउन च्यानल फिट समेत गरिसकेका छन् । चुनावका लागि आरजु देउवा र सेर बहादुर देउवा उपत्यका बाहिर रहेकाले र असार १५ गते विहान आउने कार्यक्रम रहेकाले सोहि कार्यक्रम अन्तर्गत उनीसँग कुरा गर्ने च्यानल फिट भएको छ ।’ स्रोतले भन्यो । 
ज्ञवाली र लम्साल ‘वेट एण्ड सी’ रणनीतिमा !
यता नेप्सेको महाप्रबन्धक हुने इक्षा देखाएका दुइ सिए मनोज ज्ञवाली र प्रकाश लम्साल अहिले ‘वेट एण्ड सी’ रणनीतिमा छन् । यी दुवै आकांक्षीले आफ्नो तर्फबाट नियुक्तिका लागि गर्नुपर्ने कसरत गरिसकेकाले अव वेट एण्ड सी’ रणनीतिमा रहनुबाहेक कुनै विकल्प नभएपछी उनीहरु यहि रणनीतिमा बसेका छन् । ज्ञवाली र लम्सालमध्ये कसको पल्ला भारी छ भन्ने कुरामा बजारमा सबैका आ-आफ्नै तर्क छन् । 

बाँकी सबै साइड लागे !
स्रोतका अनुसार नेप्सेको महाप्रवन्धक बन्नका लागि ज्योति बिकास बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली, एनआईबिएल क्यापिटल लिमिटेडमा कार्यरत बिनोद प्याकुरेल, नुुवाकोटका बट्टार क्याम्पसका शिक्षक भोला पाण्डे, इन्भेष्टर्स फोरमका बर्तमान अध्यक्ष डा. आत्मराम घिमिरेको, नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी शिवनाथ पाण्डे, स्टक ब्रोकर दिपेश भट्ट, र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका पूर्वअध्यक्ष प्रकाश लम्साल लाइनमा थिए । तर ज्ञवाली र लम्सालमात्र सीताराम थपलिया नदोहोरिएको खण्डमा लाइनमा छन् । स्रोतका अनुसार अरुसबै यो दौडबाट साइड लागिसकेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्