×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैँकको १९औँ साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

PRIME CA

महालक्ष्मी विकास बैँकको १९औँ साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

१३ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महालक्ष्मी विकास बैँक लि.को १९औँ साधारणसभा सम्पन्न भएको छ । सभा भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको हो । उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.८०% का दरले बोनस सेयर तथा ०.४६%नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । 
साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पूँजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: