×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान विकास लघुवित्तको १२ हजार ४१५ कित्ता सेयर लिलामीमा आवेदन दिने शुक्रबार अन्तिम दिन

PRIME CA

साना किसान विकास लघुवित्तको १२ हजार ४१५ कित्ता सेयर लिलामीमा आवेदन दिने शुक्रबार अन्तिम दिन

अर्थ सरोकार

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १२ हजार ४१५ कित्ता सेयर लिलामी भर्ने आज शुक्रबार अन्तिम दिन रहेको छ । संस्थाले फागुन २८ गतेदेखि सर्वसाधारण समूहको ९ हजार ४७ कित्ता र संस्थापक समूहको ३ हजार ३६८ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यस लिलामी सेयरमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपागञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, बिरेन्द्रनगर र बर्दिबासबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: