Skip to content
LAXMI SUNRISE BANK

रुकमको चौरजहारीमा माओवादी उम्मेदवारको दोब्बर मत (हेर्नुहोस् ताजा अपडेट)

अर्थ सरोकार

रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार विशाल शर्माले दोब्बर मतसहित अग्रता कायम गरेका छन् । शर्माले १२०५ मत पाएका छन् ।

नेकपा एमालेका मेयर पदका उम्मेदवार शेरवहादुर केसीले ८०६ मत पाएका छन् । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार बलबीर गोसाईले ४८५ मत पाएका छन् ।

उप मेयर पदमा माओवादी केन्द्रकी राधा रोका १२३०, एमालेकी कल्याणी खड्काले ७८० र कांग्रेसकी मनीषा भण्डारीले ४८५ मत पाएकी छन् ।

वडाध्यक्षमा वडा नं. १४ मा माओवादी केन्द्रका अतिराम विष्ट र वडा नं. १३ मा नेकपा एमालेका टंक ओली विजयी भएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK