×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमानलाई अनियमितताको आरोप लागेपछि, प्राधिकरणका भ्रष्टहरुले लोडसेडीङ गराउन थाले

PRIME CA

कुलमानलाई अनियमितताको आरोप लागेपछि, प्राधिकरणका भ्रष्टहरुले लोडसेडीङ गराउन थाले

२९ बैशाख २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बीरगन्ज – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसीङलाई अनियमितताको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका भ्रष्टहरु सक्रिय भएका छन् । उनीहरु देशभर लोडसेडीङ गरेर इन्भर्टर व्यवसायीबाट कमिसन खान पल्किएको स्रोतको दावी छ । यसैबीच कुलमानलाई अनियमितताको आरोप लागेको दिनदेखिनै नेपालभर विभिन्न शहरमा प्राधिकरणकै भ्रष्टहरुको मिलेमतोमा लोडसेडीङ सुरु भएको छ । 

वीरगन्जका भ्रष्टहरु बढी सक्रिय !
कुलमानलाई अनियमितताको आरोप लागेपछि वीरगन्ज आसपासमा पुनः लोडसेडिङ बढ्न थालेको छ। विद्युत प्राधिकरणका भ्रष्टहरुको चलखेलमा औद्योगिक फिडरमा दैनिक ८/१० घण्टा र ग्रामीण फिडरमा ४ घण्टा लोडसेडिङ हुन थालेको छ ।एक महिना अघिसम्म ग्रामीण भेगमा लोडसेडिङ हटेको थियो।औद्योगिक क्षेत्रमा हुने दैनिक १३ घन्टे लोडसेडिङ ४ घण्टामा झरेको थियो । तर कुलमान विवादमा तानिएपछी भ्रष्टहरुको चलखेलमा लोडसेडीङ बढेको जनताको गुनासो छ । 

के भन्छ प्राधिकरणको वीरगन्ज साखा ?
यता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगन्ज शाखाले भने आफ्नै तर्क दिएको छ । साखाका प्रमुख चुटुनकुमार श्रीवास्तले गर्मीमा विद्युत माग बढेकाले लोडसेडिङ् बढेको बताए । उनका अनुसार सुरक्षाकर्मी चुनाव केन्द्रीत हुड्ना विद्युत चुहावट नियन्त्रण अभियान पनि सक्रिय हुन नसकेको बताउंदै त्यहि कारण लोडसेडिङ बढेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: