
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल राष्ट्र बैंकले नगदी कारोबारको दायरा खुम्च्याएको छ । अर्थात आउँदो साउनदेखि अव १० लाखभन्दा माथिको नगदी कारोबार गर्न नपाइने भएको छ । साउनदेखि १० लाख रुपैयाँदेखि माथिको कारोबार चेकमार्फत मात्रै गर्न पाइने नियम नेपाल राष्ट्र बैंकले ल्याएको हो ।
बिहिबार सर्कुलर जारी गर्दै नेपाल राष्ट्र बैंकले १० लाख वा सो भन्दा माथिको रकम भुक्तानी गर्दा एकाउन्टपेयी चेकमार्फत गर्न बैंक तथा वित्तिय संस्थालार्इ निर्देशन दिएको हो । ‘इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले १० लाख वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेकमार्फत गर्नुपर्नेछ।’ राष्ट्र बैंकद्वारा जारी भएको सर्कुलरमा भनिएको छ । सर्कुलरमा अगाडी भनिएको छ, ‘फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएको चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनपर्नेछ ।’
यद्यपी १० लाखभन्दा बढी रुपैयाँ झिक्नै परे के गर्ने भन्ने विषयमा पनि नेपाल राष्ट्र बैंक बोलेको छ ।निक्षेपकर्ताले कुनै खास कारण देखार्इ नगद भुक्तानीका लागि लिखित निवेदन दिएको खण्डमा र उक्त सर्त बैंक तथा वित्तीय संथालाई चित्त बुझेमा १० लाखभन्दा बढी रकम झिक्न पाउने भने व्यवस्था छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्