×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैशाख ७ गते देखि एनबि बैंकको हकप्रद सेयर खुल्दै, कुन ठाउँबाट आवेदन दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैशाख ७ गते देखि एनबि बैंकको हकप्रद सेयर खुल्दै, कुन ठाउँबाट आवेदन दिने

२९ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – बैशाख ७ गतेदेखि नेपाल बंगलादेश बैंकले बैशाख ७ गतेदेखि ८०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ ।बैंकले १०ः८ अनुपातमा १० कित्ता बराबर थप नयाँ ८ कित्ता सेयर बिक्री खुला गर्न लागेको हो । यसआधारमा बैंकले १०० रुपैयाँ अंकित मूल्यको तीन अर्ब २० करोड ९४ लाख ६ हजार ८८० रुपैयाँको तीन करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । हकप्रद सेयर जेष्ठ १० गतेसम्म भर्न पाइनेछ ।  चैत १६ गते सम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 


आवेदन दिने ठाउँ 

हकप्रद सेयरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, एनबि बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंलगायत बैंकका देशैभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रदमा सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेड गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी