
- अर्थ सरोकार सम्बाददाता
डीआईजी प्रकाश अर्याल प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रहरी महानिरीक्षक नियुक्ति सिफारिसका लागि गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, कानुन सचिव र निमित्त प्रहरी प्रमुखसहितको चार सदस्यीय कार्यसम्पादन तथा मूल्याङ्कन समिति गठन गरेको थियो । उनीहरुले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्याललाई प्रहरी प्रमुख बनाइएको बताइएको छ ।
अर्यालको जन्म र प्रहरी सेवा प्रवेश
आइजीपी अर्यालको जन्म दाङको त्रिभुवन नगरपालिका–११ मा २०२० असार १४ गते भएको थियो । २०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका उनले दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर, कास्कीमा प्रहरी प्रमुख भएर काम गरेका छन् भने अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख भएर पनि काम गरेका छन् । उनी २०६९ साल पुस ४ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए।
पढाइ स्नातकोत्तर, यस्ता छन् उनले पाएका सम्मान:
प्रहरीमा अर्याल कडा स्वभावका अधिकृतका रूपमा चिनिएका उनले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन्।आइजीपी अर्यालले दुर्गम सेवा पदक, दैवीप्रकोप उद्धार सेवा, संयुक्त राष्ट्र संघ पदक, गद्धी आरोहण रजत पदक, प्रदेश सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो र वीरेन्द्र ऐश्वर्या सेवा पदक पाईसकेका छन्।
अर्थ र प्रविधि बुझेका आइजीपीको रियरमा लागेको एउटा दाग :
उनी सिआइबीमा रहँदा ३५ किलो सुन काण्डमा भने मुछिएका थिए । प्रहरी सेवामा रहँदा उनीमाथि लागेको दाग यही एउटा हो । सिआइबीमा रहँदा उनले भिओआइपीविरुद्ध अप्रेसन थालेका थिए । यता आर्थिक अपराध अनुसन्धानलाईसमेत उनले प्राथमिकता दिएका थिए। उनलाई प्रविधिमैत्री प्रहरीको रुपमा चिनिन्छ । संगठन व्यावसायिक हुनुपर्छ भन्ने उनको मान्यता राख्ने उनी कुनै हालतमा पनि प्रहरी कर्मचारी भ्रष्टाचारमा लिप्त हुनुहुँदैन भन्ने सोच राख्ने गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्