×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैत्र २८ गते देखि मञ्जुश्री फाइनान्सको सेयर लिलामी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चैत्र २८ गते देखि मञ्जुश्री फाइनान्सको सेयर लिलामी

२८ चैत्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – चैत्र २८ गते देखि मञ्जुश्री फाइनान्सको १० लाख चार हजार ९० कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । फाइनान्सको संस्थापक समूहको नौ लाख ३५ हजार ७४ कित्ता र सर्वसाधारण समूहको ६९ हजार १६ कित्ता सेयर बैशाख ५ गतेसम्म लिलामीमा किन्न पाइनेछ । लिलामीमा न्यूनतम १०० रुपैयाँ वा त्यो भन्दा बढी भाउ तोकि आवेदन दिनु पर्नेछ । आवेदकले मञ्जुश्रीको बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड, लालकोलनी मार्ग लालदरवार, काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । 
बोलपत्र बैशाख ६ गते दिउसो ३ बजे एस क्यापिटल लिमिटेडको कार्यालयमा खोलिनेछ । यो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मञ्जुश्रीको चुक्ता पुँजी २८ करोड ५७ लाख ४१ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि यसको चुक्ता पुँजीमा अझ बढेको छ । मञ्जुश्रीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ३७ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६ पैसा (वार्षिकीकरण) र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ १६ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी