
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नमस्ते वित्तीय संस्था लिमिटेडको ७ हजार ९५१ कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । नमस्तेले चैत २१ देखि सर्वसाधारण समूहको सात हजार ९५१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोेकी निवेदन दिनुपर्नेछ । नमस्तेले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा नमस्ते वित्तीय संस्थाको प्रधान कार्यालय घोराही दाङमा पुग्ने गरी आवेदन फारम बुभाउनुपर्नेछ ।







प्रतिक्रिया दिनुहोस्