×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चैत २५ मा विद्युत सुरक्षा दिवस मनाइदैं, जोखिममा काम गर्ने कर्मचारीको सुरक्षा पहिलो सर्त

PRIME CA

चैत २५ मा विद्युत सुरक्षा दिवस मनाइदैं, जोखिममा काम गर्ने कर्मचारीको सुरक्षा पहिलो सर्त

२४ चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत २५ मा विद्युत सुरक्षा दिवस मनाइने भएको छ । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) ले संयुक्तरुपमा  सुरक्षा दिवस मनाउन लागेका हुन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) का अध्यक्ष लालुराम तामाङले अब समग्र बिद्युतीय प्रणालीको सुरक्षाको बारेमा सोच्ने बेला आएको बताए । 
मंगलबार सम्पन्न कार्यक्रममा उनले सीन स्थापना भएको २० बर्ष भइसक्दापनि विद्युतमा काम गर्ने कर्मचारीको सुरक्षाका बारेमा गम्भीर .हुन नसकिएको जानकारी दिए । विद्युतको कार्य गर्ने क्रममा कोही सुरुङ बनाउँदा मर्नु परेको र कोही बिजुलीको तार बनाउँदा पोलबाट खसेर अंगभंग समेत हुने जोखिम लिएर कार्यरत रहेका कर्मचारीको सुरक्षाका बारेमा सबै पक्षले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

यता विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ शून्यको अवस्थामा पुर्याउन बिद्युतमा काम गर्ने कर्मचारीको योगदान सबैभन्दा बढी महत्वपूर्ण रहेकाले उनीहरुको सुरक्षाका बारेमा प्राधिकरण गम्भीर भएको बताए । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: