Skip to content
LAXMI SUNRISE BANK

सेवाको ७ लाख ५२ हजार कित्ता सेयर पुन: लिलामीमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता  

काठमाडौं – सेवा विकास बैंकले पुन: सेयर लीलामीमा ल्याउने भएको छ । बैंकको सात लाख ५२ हजार १५१ कित्ता सेयर लिलामीमा बिहिबारदेखि बिक्री खुला गरेको छ । यसअघि लिलामीमा निष्कासन गर्दा बिक्री नभएको सेयर बैंकले बिहीबारदेखि फेरि लिलामीमा बेच्न लागेको हो । हकप्रद आवश्यकता अनुसार बिक्री नभएपछि लिलामी प्रक्रिया अपनाइएको बैंकले बताएको छ । यसअघि बैंकले गत मंसिर २३ गतेदेखि पुस २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
यो सेयर किन्न चाहाने आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा सेवा विकास बैंकको प्रधान कार्यालय पुष्पलाल चोक बुटवलबाट फारम लिन र बुझाउन सक्नेछन् । बैंकले दिएको जानकारी अनुसार यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहनेछ । स्मरण रहोस्,  यो सेयर किन्ने म्याद चैत्र ३० गतेसम्म छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK