- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यहि बैसाख १४ गते सूर्या लाइफ इन्सुरेन्स कम्पनीको आठौं बार्षिक साधारण सभा हुने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ६२ करोड ५० लाख रुपैयाँको ५% बोनस सेयर बितरण गर्ने बिशेष प्रस्ताव समेत साधारण सभामा लैजाने बताइएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार कम्पनीको साधारण सभा उद्योग संगठन मोरङको सभाकक्षमा बिहान ११ बजे सुरु हुनेछ ।
उक्त साधारण सभामा कम्पनीले बोनस सेयर जारी गरे पश्चात कायम हुने सेयर संरचना बमोजिम जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने प्रस्ताव पनि लैजाने जानकारी प्राप्त भएको छ ।