
काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्था (Swadeshi Laghubitta Bittiya Sanstha Limited) ले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित दरका तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको शेयरमा लगानीकर्ताले चैत २५ देखि आवेदन दिन सक्ने भएका छन् । शेयर आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता ५ हजार रुपैयाँ र अधिकतम १५ सय कित्ता एक लाख ५० हजार रुपैयाँ आवेदन दिन सक्नेछन् ।
कम्पनीले १२ हजार कित्ता शेयर कर्मचारी र १५ हजार कित्ता शेयर दश म्चुअल फण्डलाई दिने र बाँकी २ लाख ७० हजार कित्ता शेयरमा आम सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
हाल सात करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको साधारण शेयर जारी गरेपछि पूँजी १० करोड रुपैयाँ पुग्नेछ । शेयर निष्काशनका लागि कम्पनीले एनएमबी क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कहाँबाट दिने आवेदन ?
कम्पनीको शेयरमा लगानीकर्ताले स्वेदशी लघुवित्तको केन्द्रिय कार्यालय सुनसरी, एनएमबि क्यापिट लिमिटेड नागपोखरी काठमाडौं, एनएमबि बैंकका शाखा कार्यालय उपत्यकाभित्र सूर्यविनायक भक्तपुर, तीनकुने, सीतापाईला काठमाडौं र थैव ललितपुर साथै उपत्यका बाहिर तीनदोबाटो–बनेपा, गोल्छा चोक–विराटनगर, आदर्श नगर–विरगञ्ज, अनारमनी–वित्र्तामोड, ट्राफिक चोक–बुटवल, नयाँ बजार–दैलेख, बसपार्क रोड–धनगढी, महेन्द्रपथ–धरान, भानुचोक–जनकपुर, नारायाणगढ–चितवन, सुर्खेत रोड–नेपालगञ्ज, न्यूरोड–पोखरा, लम्की–कैलाली, उर्लाबारी चोक–उर्लाबारी, सल्लेरी–सोलुखुम्बु, धुन्चे–रसुवा, इटहरी–सुनसरीबाट आवेदन दिन सकिनेछन् ।
इटहरीमा केन्द्रिय कार्यालय रहेको कम्पनीले विभिन्न ३९ जिल्लामा ४७ शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दे आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्