
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हकप्रद सेयर निष्काशन विहीबारदेखि खुला हुने भएको छ । बैशाख २७ गतेसम्म खुला रहने हकप्रद बैंकले २५ प्रतिशत अर्थात १० बराबर २.५को अनुपातमा निष्काशन गर्न लागेको हो ।
सानिमा क्यापिटल लिमिटेड प्रबन्धकको रुपमा रहेको उक्त हकप्रद निशाकासन सम्बन्धि आवेदन सानिमा क्यापिटल लिमिटेड नारायणचौर, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाटुलेघर र सिटिजन्स बैंक इन्टरनेशनलको सम्पूर्ण शाखा कार्यालयबाट दिन सकिने बताइएको छ ।
हाल चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन सय ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्