×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन भएन ४ बैंकको शेयर मूल्य समायोजन ? यसो भन्छ नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

किन भएन ४ बैंकको शेयर मूल्य समायोजन ? यसो भन्छ नेप्से

२० चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

४ कम्पनीका लगानीकर्ताले आजको कारोबारमा शेयर खरिद बिक्रि गर्न पाएनन् । कारण थियो नेप्सेबाट सेयर मूल्य समायोजन नहुनु ।
बोनस सेयर तथा हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि शुक्रबार बुक क्लोज भएका कम्पनीहरुको सेयर मूल्य समायोजन आज आईतबार सेयर कारोबार खुल्नु अगावै हुनुपर्ने थियो । तर त्यसो नहुँदा हजारौं लगानीकर्ता प्रभावित भए  । 
सानिमा बैंकको ३० प्रतिशत हकप्रद, लक्ष्मी बैंकको शतप्रतिशत हकप्रद, कृषि विकास बैंकको २० प्रतिशत बोनस र सेञ्चुरी बैंकको दश प्रतिशत बोनसका लागि शुक्रबार बुक क्लोज भएको थियो । तर ति कम्पनीहरुको मूल्य समायोजन भएको सूचना आज नेप्सेमा देखिएन ।
 किन मूल्य समायोजन नभएको भनेर नेप्सेका प्रबक्ता मुराहारी पराजुलीलाई सम्पर्क गर्दा उनले मूल्य समायोजन भएको तर वेबसाइटमा समस्या भएका कारण त्यहाँ नदेखिएको बताए । कस्तो समस्या भन्दा उनले सिस्टममा नभई वेबसाइटले डाटा नफ्याल्दा डिस्प्ले नभएको बताए  ।
उनले ति कम्पनीको कारोबार भोलि सुरु हुने पनि जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी