
नेपाल बंगलादेश बैंकको ८० प्रतिशत हकप्रद सुरक्षीत गर्ने आज अन्तिम दिन हो। बैंकले ८० प्रतिशत हकप्रदका लागि चैत १७ मा सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले चैत १६ अर्थात आजसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउने छन।
बैंकले धितोपत्र बोर्डबाट १० बराबर ८ अर्थात ८० प्रतिशतका दरले हकप्रद निष्काशनको अनुमति पाएको हो । बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
बैंकले गत आर्थिक बर्षको कमाईबाट ३२ प्रतिशत बोनस सेयर वितरण गरी सकेको छ । ३२ प्रतिशत बोनश शेयर वितरण गरेपछि चुक्ता पूँजी ३ अर्ब ९९ करोड पुगेको छ। बोनसपछी त्यसको ८० प्रतिशत हकप्रद शेयर जारी गर्दा बैंकको चुक्ता पुंजी ७ अर्ब १८ करोड नाघ्ने छ।
बैंकले कात्तिक ८ मा भएको साधारणसभाले ३२ प्रतिशत बोनस शेयर र त्यसपछिको ८० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताब पारित गरेको हो। एनबि बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५४ करोड ६ लाख मुनाफा आर्जन गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्