
स-साना बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभेर राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजनामा रहेको सेन्चुरी कमर्शियल बैंकले झड्का पाएको छ । सेन्चुरीले यस अघि क्षेत्रीय स्तरको राप्ति भेरी विकास बैंक र साझा विकास बैंकलाई पनि गाभ्ने प्रक्रिया अघि बढाएकोमा राप्ती भेरीले उक्त प्रक्रियाबीच मै छोडी अर्को बैंकसंज गाभिने प्रक्रिया सुरु गरेको छ ।
बाँके नेपालगंजमा केन्द्रीय कार्यालय रहेको राप्तिभेरीलाई गाभ्ने प्रक्रिया धेरै अघि बढेको र एमओई हुन मात्र बाँकी रहेको बताईएको थियो। त्यसका लागि १००: ८५ स्वाप रेसियो तय भएको थियो ।
तर राप्तिभेरीले भने सेन्चुरीसंग गाभिने यस प्रक्रियाबाट पछि हट्दै ज्योति विकास बैंकसंग मर्ज हुनको लागि प्रक्रिया थालेको छ । स्रोतका अनुसार ज्योति विकास संग १:१ को स्वाप रेसियो पाएपछि राप्ति भेरीले सेन्चुरीलाई छोडेर ज्योतिसंग जान लागेको हो । मर्जपछि राप्ती भेरी बैंकले संचालक समितिमा २ स्थान पनि पाउने भएको छ ।
हाल राप्ति भेरीको चुक्ता पुंजी १४ करोड ३७ लाख रुपैयाँ रहेको छ भने उसले गत भदौ १७ को बिशेष साधारणसभाबाट २०० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गर्दै धितोपत्र बोर्डमा निष्कासन अनुमतिका लागि आबेदन दिएको छ।
३ जिल्ले विकास बैंकले २०७४ असार मसान्त भित्र चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने योजना अन्तर्गत बैंकले २०० प्रतिशत हकप्रद प्रस्ताब अघि सारेको हो।
२०० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात राप्तिभेरीको चुक्ता पुंजी ४३ करोड ४२ लाख रुपैयाँ पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा करीब ८२ प्रतिशतले मुनाफा बढाएर १ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्