×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावर कम्पनीको ४० लाख ८१ हजार कित्ता एफपिओ आउँदै, कति तोकियो मूल्य ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुटवल पावर कम्पनीको ४० लाख ८१ हजार कित्ता एफपिओ आउँदै, कति तोकियो मूल्य ?

१३ चैत्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  
बुटवल पावर कम्पनीले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्नका लागि सेयर मूल्य तोकेको छ । कम्पनीले गरेको प्रस्ताव अनुसार प्रतिकित्ता थप नयाँ सेयरको मूल्य चार सय ७० रुपैंया तोकिएको हो । एक सय रुपैंया अंकित मूल्यमा तीन सय ७० रुपैंया प्रिमियम थप गरी कम्पनीले चार सय ७० रुपैयाँमा एफपिओ निष्काशन गर्नेछ । कम्पनीले प्रस्तावित मूल्य प्रक्षेपित मात्र भएको भन्दै २० प्रतिशतले मूल्य विचलन भएमा सो को कारण समेत सार्वजनिक गर्ने बताएको छ ।
कम्पनीको गत आसार २७ गते सम्पन्न साधारणसभाले गरेको निर्णय अनुसार बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन गर्नेछ । जसमध्ये, आधीखोला जलविद्युत केन्द र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई पाँच प्रतिशत सेयर छुट्याइएको छ । बाँकी सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले सेयर निष्काशत तथा बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल लिमिटेड तथा लक्ष्मी क्यापिटल लिमिटेडलाई दिएको छ । 
एफपिओ निष्काशन गरेर संकलन भएको रकम कम्पनीले निर्माणाधीन आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निर्माण सुरु गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी