Skip to content
LAXMI SUNRISE BANK

मञ्जुश्री फाइनान्सको झन्डै साढे १० लाख कित्ता सेयर लिलामीमा आयो

अर्थ सरोकार

मञ्जुश्री फाइनान्सियल इन्टिच्युसन लिमिटेडले १० लाख चार हजार ९० कित्ता सेयर लिलाममा बिक्री खुल्ला गरेको छ । कम्पनीले नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक र ६९ हजार १६ कित्ता साधारण सेयर लिलाममा बेच्न लागेको हो । कम्पनीले १ बराबर १.७५ अर्थात १७५ प्रतिशत अनपातमा हकप्रद सेयर निष्काशन गरेको थियो । सो क्रममा नबिकेको सेयर लिलाम मार्फत बिक्री गर्न लागेका कम्पनीले जनाएको छ । 
लिलाममा कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले वैशाख ५ गतेसम्म बोलकबोलबाट सेयर खरिद गर्न सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ प्रतिकित्ता वा सो भन्दा बढी मूल्यमा न्यूनतम १०० कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK