
सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले धनुषाको भानुचोक, जनकपुरमा आफ्नो ३६औँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । नवनिर्मित शाखाको समुद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर शाह र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीबाट संयुक्त रुपमा गरेका हुन् ।
उक्त कार्यक्रमा बैंकका अध्यक्षले उक्त शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने जानकारी दिए । समारोहमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए । उक्त शाखामा शाखाको शुभारम्भ सहित बैंकले एटीएम सेवा पनि सँग–सँगै सञ्चालनमा ल्याएको छ ।
उद्घाटन समारोहमा आफ्नो स्वागत मन्तब्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउने बताए । गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तारमा बैंकले सदैव ध्यान दिने उनले बताए । साथै उनले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुशासनमा ध्यान पुर्याउने र गाउँ केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्ने बताए । शाखा समुद्घाटन समारोहको कार्यक्रममा स्थानीय व्यापारी तथा सेवाग्राहीको सहभागीता थियो ।
हालसम्म बैंकले सबै शाखा कार्यालय मार्फत एक लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ्ग लगायत ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एससीटी डेबिट कार्ड, संचयकोष, स्वेच्छिककोष, उपदानकोष जस्ता बैंकिङ्ग सेवा दिइरहको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्