×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकले चैत ३१ मा साधारण सभा हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कृषि विकास बैंकले चैत ३१ मा साधारण सभा हुने

१० चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – कृषि विकास बैंकले चैत ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । कृषिले सेयरधनीलाई हकप्रदपछि कायम भएको साधारण सेयरको चुक्ता पुँजीको २०५ बोनस सेयर र कर तिर्न १.०५३५ नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसैगरी, बैंकले अग्राधिकार सेयरधनीलाई अग्राधिकार चुक्ता पुँजीको ६५ नगद लाभंश दिने प्रस्ताव पनि साधारण सभामा पेस गर्दैछ । 
कृषिले साधारण सभा गर्न चैत १८ गतेदेखि चैत ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत १७ गतेसम्म कृषिको सेयर किन्ने मात्र बैंकले दिने लाभांशको हकदार हुनेछन् । कृषिले साधारण सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बिहान ११ बजेदेखि सुरु गर्नेछ ।
कृषिले हालै मात्र हकप्रद निष्कासनका बेला बिक्री नभएको १९ लाख ६८ अजार ५७५ कित्ता सेयर लिलामीमा बिक्री गरेको थियो । लिलामीमा न्यूनतम ३६१ रुपैयाँ भाउ तोक्नेले सेयर पाए भने अधिकतम ६०१ रुपैयाँसम्म प्रस्ताव आयो । 
कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९० करोड ६६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो त्रैमासमा साधारण सेयरतर्फ बैंकको चुक्ता पुँजी चार अर्ब ९४ करोड १६ लाख ८८ हजार रुपैयाँ र अग्राधिकार सेयर सरकारको पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ छ । बैंकले हकप्रद बिक्री गरेपछि साधारण सेयरको चुक्ता पुँजी पाँच अर्ब ९० करोड ६४ लाख रुपैयाँ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी