×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयनको एक लाख ४५ हजार कित्ता सेयर लिलामी खुल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयनको एक लाख ४५ हजार कित्ता सेयर लिलामी खुल्यो

Artha Sarokar

१० चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – हिमालयन बैकले बिहीबारदेखि एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र फारम भर्नुपर्नेछ । फारम भर्ने अन्तिम म्याद चैत १६ गतेसम्म तोकिएको छ । 
 यसअघि हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यतिबेला बिक्री नभएकोे सेयर अहिले टेन्डरमा बिक्री गर्न लागिएको हो । हिमालयनको लिलामी सेयरमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
आवेदकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँबानेश्वर, काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ ।  बोलपत्र चैत १७ गते बिहान ११ बजे जय गणेश कमलादी ब्यांकेट, कमलादी काठमाडौंमा खोलिनेछ । हाल हिमालयनको चुक्ता पुँजी ६ अर्ब ४७ करोड ६३ लाख २० हजार रुपैयाँ छ ।
 चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनले एक अर्ब दुई करोड ७८ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ १५ पैसा रहेको हिमालयनको प्रतिसेयर नेटवर्थ भने १७९ रुपैयाँ १६ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी