×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हकप्रद निस्कासनको अनुमति माग्न तीन संस्था पुगे धितोपत्र वोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हकप्रद निस्कासनको अनुमति माग्न तीन संस्था पुगे धितोपत्र वोर्ड

१० चैत्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 
काठमाडौँ – तीन वित्तीय संस्था हकप्रद निस्कासनका लागि धितोपत्र बोर्डमा आबेदन दिएका छन् । सनराइज बैंक, गरिमा बिकास बैंक र गुडविल फाइनान्स रहेका छन् ।
सनराइज बैंकले एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद निस्कन गर्न लागेको हो । बैंकले साबिक १० शेयर हुनेलाई तीन हकप्रद दिन लागेको हो । हकप्रद निस्कासनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।
गरिमा बिकास बैंकले ९० करोड ७६ लाख २९ हजार ६ सय ६६ रुपैयाँ बराबरको ९० लाख ७६ हजार २६६ कित्ता हकप्रद निस्कासन गर्न लागेको हो । बैंकले साबिक १० शेयर हुनेलाई ७ हकप्रद निस्कासन गर्न लागेको हो । बैंकले हकप्रद निस्कासनको लागि एस क्यापिटललाइ बिक्रि प्रबन्धक तोकेको छ ।
गुडविल फाइनान्सले २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार ५०० कित्ता हकप्रद निस्कासन गर्ने भएको छ । फाइनान्सले साबिक १० शेयर हुनेलाई ६ हकप्रद सेयर दिन लागेको हो । फाइनान्सले एनआइबिल क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी