- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन सेन्चुरी बैंकले ४० प्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ । बैंकले आगामी चैत ३१ मा डाकिएको साधारणसभामा उक्त प्रस्ताब लैजाने भएको छ ।
साधारणसभा प्रयोजनका लागि बैंकले चैत १८ देखि चैत ३१ सम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट समेत एकवायरका लागि अन्तिम स्वीकृती पाएको अरनिको र इन्नोभेटीब डेभलपमेन्टका सेयरधनीहरुले समेत पाउने गरि बैंकले ४० प्रतिशत हकप्रद बिक्रि गर्न लागेको जनाइएको छ ।
बैंकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बोनससेयर बितरण पश्चात कायम चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद र अरनिको र इन्नोभेटीब डेभलपमेन्टलाई प्राप्ती पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ७० करोड हाराहारी पुग्ने छ ।
सेन्चुरीले भर्खरै मात्र सगरमाथालाइ गाभ्ने सहमति गरेको छ। प्राप्त जानकारी अनुसार सगरमाथाको हाल कायम १००० कित्ता सेयर हुनेले सेन्चुरीको १११२ दशमलब ०२ कित्ता पाउने छन । फाइनान्सले हालै मात्र ८० प्रतिशत हकप्रद बिक्रि गरेको छ । ८० प्रतिशत हकप्रद बिक्रि गर्दा अवितरित हकप्रद लिलाम बढाबढ गरि उसले चैत ४ मा हकप्रद बाँडफाँड गरेको छ । जसमा साधारणतर्फको सबै हकप्रद लिलामी मार्फत बिक्रि भएको छ भने संस्थापक तर्फको ५ लाख ६६ हजार २ सय ७८ कित्ता हकप्रद बिक्रि हुन बाँकी छ ।
हाल ३ अर्ब ६९ करोड चुक्ता पुंजी रहेको सेन्चुरी बैंकले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुंजी पुर्याउन क्षेत्रीय स्तरको राप्ति भेरी विकास बैंक र साझा विकास बैंकलाई पनि गाभ्ने प्रक्रिया अघि बढाएको बताइएको छ ।