×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले २.८८ प्रतिशत बोनस शेयर दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकले २.८८ प्रतिशत बोनस शेयर दिने

९ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौँ – सिभिल बैंकले गत आर्थिक बर्षको नाफाबाट २.८८ प्रतिशत बोनस शेयर दिने भएको छ । बुधबार बिहान बसेको बैंक सञ्चालक समिति बैठकले यो निर्णय गरेको हो । 
बैंकको हाल चार अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। बैंकले पुस मसान्त सम्म एक करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  
       
यस्तै सानिमा बैंकले हकप्रद निस्कासनकोलागि बुक क्लोज मिति तय गरेको छ। बैंकले चैत १८ मा बुक क्लोज गर्ने जनाएको हो । १७ चैतसम्म दोस्रो बजारबाट शेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद आवेदन दिन सक्नेछन् । बैंकले १० प्रतिशत हकप्रद शेयर निस्कासन गर्न लागेको हो । बैंकको हाल चुक्ता पूँजी पाँच अर्ब ३० करोड चुक्ता रुपैयाँ पूजी रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी