Skip to content
LAXMI SUNRISE BANK

सानिमाको ३०५ हकप्रद भर्न चैत १७ सम्म सेयर किनिसक्नुपर्ने

अर्थ सरोकार

  • अर्थ सरोकार  सम्वाददाता 

काठमाण्डौ – सानिमा बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय भएको छ। हकप्रद निष्काशन प्रयोजनको लागि बैंकको शेयरधनी दर्ता पुस्तिका चैत्र १८ गते बन्द हुने बैंकले जनाएको हो  । अर्थात् चैत्र १७ सम्म कायम शेयरधनीले मात्र हक्प्रद्को लागि आवेदन दिन सक्नेछन्  । 
नेपाल धितोपत्र बोर्डले सानिमालाई १०:३ को अनुपातमा अर्थात्  हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको हो ।बैंकले प्रति कित्ता १०० रुपियाँ पर्ने गरी १  करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
 हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेड बिक्री प्रबन्धक नियुक्त भई सकेको छ ।  सानिमाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६२ करोड २५ लाख खुद नाफा कमाएको थियो । बैंकको चुक्ता पुंजी ५ अर्ब ३० करोड रहेकोमा ३० प्रतिशत हकप्रद बिक्रिपछि चुक्तापुंजी ६ अर्ब ९० करोड पुग्ने छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK