×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाशले पाँच वर्षयताको लाभांस लिन बोलायो

LAXMI SUNRISE BANK

कैलाशले पाँच वर्षयताको लाभांस लिन बोलायो

८ चैत्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं  – कैलाश विकास बैंकले पाँच वर्षदेखि नगद लाभांस लिन बाँकी रहेका लगानीकर्तालाई तुरुन्त सम्पर्क गरेर लैजान सूचना जारी गरेको छ । पाँच वर्षयता नगद लाभांस लिन बाँकी रहेका लगानीकर्ताले अबको एक महिनाभित्र लाभांस बुझिसक्नु पर्नेछ ।
एक महिनासम्म पनि लाभांस नलैजाने लगानीकर्ताको पैसा लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जानकारी दिएको छ । बैंकले विभिन्न वर्षका साधारण सभाबाट पारित भएर पाँच वर्ष नाघिसकेको नगद लाभांस रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान भएको जनाउदै तत्काल लैजान आग्रह गरेको हो । 
यता लाभांस लिन बाँकी रहेका सेयरधनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेड जमल काठमाडौं र कैलाश विकास बैंकको केन्द्रीय कार्यालय न्यू प्लाजा काठमाडौंमा गई नगद लाभांस लिन सक्नेछन् । कैलाशको चुक्ता पुँजी एक अर्ब ९७ करोड ५४ लाख २० हजार छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कैलाशले २६ करोड ३८ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ रहेको ३१ पैसा रहेको कैलाशको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १० पैसा छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी