- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय सस्थाले प्राथमिक शेयर निस्कासनको अनुमति पाएको छ । कम्पनीले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता प्राथमिक शेयर निस्कासन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको हो ।
कम्पनीले पूर्वको इटहरीमा केन्द्रीय कार्यालय खोली सेवा दिइरहेको छ । २०७१ मा राष्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त गरेको कम्पनीको हाल सात करोड रुपैयाँ पूँजी छ ।
पुस मसान्तसम्म एक करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले प्राथमिक शेयर निस्कासन गरेपछि १० करोड चुक्ता पूँजी पुग्ने छ । कम्पनीले शेयर निस्कासनका लागि एनएमबी क्यापिटललाइ बिक्री प्रबन्धक तोकेको छ ।