- अर्थ सरोकार सम्वाददाता
काठमाण्डौ – डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको शतप्रतिशत हकप्रद आज देखि बिक्रि खुला हुने भएको छ। लघुवित्तले १:१ को अनुपातमा २५ लाख ७९ हजार २ सय ३८ कित्ता हकप्रद निष्काशन गरेको हो ।
हकप्रद निष्काशनको लागि फागुन २ बुक क्लोज मिति तय भएको छ । अर्थात् फागुन १ गते सम्म कायम सेयरधनीले चैत ७ देखि बैशाख १० सम्म हकप्रद भर्न पाउने छन् ।
फागुन १ सम्म कायम इच्छुक सेयरधनीहरुले लघुवित्तको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेड सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्सका सम्पूर्ण कार्यालयबाट आवेदन फारम प्राप्त गरि बुझाउन पाउनेछन । इक्रा नेपालले डिप्रोक्सको हकप्रदलाई ४ं को रेटिंग प्रदान गरेको छ ।
लघुवित्तले गत आर्थिक बर्षको कमाईको ३५ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६० करोड ६० लाख पुग्ने छ । हाल बैंकको चुक्ता पुंजी २५ करोड ७९ लाख रहेको छ । लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १४ करोड ७० लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।