- अर्थ सरोकार सम्वाददाता
काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकको २५% बोनस सेयर पाउन सेयर किन्ने आइतबार आज अन्तिम दिन हो । एक्सेलले चैत १९ गते वर्षिक साधारण सभा गर्न सोमबारबाट बुक क्लोज गर्दैछ । साधारण सभामा बैंकले आफ्ना सेयरधनीलाई २५% बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ ।
बोनस सेयर आइतबारसम्म कायम सेयरधनीले मात्र पाउने भएकाले आजै एक्सेलको सेयर किनिसक्नु पर्नेछ । साधारण सभामा बोनस सेयरमा लाग्ने कर तिर्न १.३२५ नगद लाभांश दिने प्रस्ताव छ । सभामा बोनस सेयरपछि कायम हुने पुँजीमा ५०५ हकप्रद जारी गर्ने प्रस्ताव पनि लगिंदैछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले सात करोड ३८ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । एक्सेलको चुक्ता पुँजी ३० करोड ७६ लाख ५० हजार रुपैयाँ छ भने २३ करोड १४ लाख ५३ हजार रुपैयाँ रिजर्भ कोषमा जम्मा भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी वार्षिक ४८ रुपैयाँ एक पैसा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २३ पैसा छ । बैंकले २५५ बोनस सेयर दिएपछि प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसामा आउने प्रक्षेपण गरेको छ ।