×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिलामीमा जनता बैंकको सेयर चैत्र १५ गतेसम्म

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लिलामीमा जनता बैंकको सेयर चैत्र १५ गतेसम्म

Artha Sarokar

४ चैत्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 
  • अर्थ सरोकार सम्बाददाता 

जनता बैंक नेपाल लिमिटेडले सात लाख ६७ हजार पाँच सय ५२ कित्ता हकप्रद सेयर लिलामीमा निकालेको छ । बैंकले गत १ गतेदेखि पुस ११ गतेसम्म हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ तीन लाख ९६ हजार पाँच सय २६ कित्ता र सर्वसाधारण समूहतर्फ तीन लाख ७१ हजार २६ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । शिलबन्दी बोलपत्र चैत १५ गतेसम्म पेश गर्न सकिनेछ  
सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । जसअनुसार, एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । प्राप्त बोलपत्रहरुको छनोट गरी चैत २२ गते बाँडफाँट गरिनेछ । बाँडफाँटमा नपरेका आवेदकहरको बोलकबोल वापत जम्मा भएको रकम चैत २७ गते फिर्ता गरिने बताइएको छ । 
बैंक सेयर निष्काशन तथा विक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक एन.सि.एम मर्चेन्ट एण्ड बैंकिङको कार्यालय कमलपोखरीबाट आवेदन गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी