बिहिबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चार वटा कम्पनीको सेयर सूचिकृत भएका छन् । दुई वटा विकास बैंक, एउटा वाणिज्य बैंक र एउटा जलविद्युत् कम्पनीको कुल दुई करोड ३४ लाख २९ हजार नौ सय १४ दशमलव सात कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । विहीबार सूचिकृत सेयरमध्ये एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर र बाँकी बोनस सेयर रहेका छन् ।
बिहिबार नेप्सेमा सेयर सूचिकृत गराउने कम्पनीहरु
- चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ३१ लाख ३४ हजार चार सय ७६ दबमलव ८० कित्ता बोनस सेयर
- कृषि विकास बैंक लिमिटेडको एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर
- हाम्रो विकास बैंक लिमिटेडको तीन लाख पाँच हजार आठ सय ३३ दशमलव ८७५ कित्ता बोनस सेयर
- कन्ट्री डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख एक हजार छ सय चार कित्ता बोनस सेयर