Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकले पनि पायो हकप्रद निष्काशनको अनुमति

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता

काठमाण्डौ – सानिमा बैंकले पनि हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सानिमालाई १०:३  को अनुपातमा अर्थात्  हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको हो ।
बैंकले प्रति कित्ता १०० रुपियाँ पर्ने गरी १  करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि सिबिआईएल क्यापिटल लिमिटेड बिक्री प्रबन्धक नियुक्त भई सकेको छ । 
सानिमाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ६२ करोड २५ लाख खुद नाफा कमाएको थियो । बैंकको चुक्ता पुंजी ५ अर्ब ३० करोड रहेकोमा ३० प्रतिशत हकप्रद बिक्रिपछि चुक्तापुंजी ६ अर्ब ९० करोड पुग्ने छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK