Skip to content
LAXMI SUNRISE BANK

एप्पलले किन प्रयोग गर्दैछ आइफोन बिगार्ने रोबोट ?

अर्थ सरोकार

गत वर्षको स्पि्रंगमा आयोजित एक समारोहमा एप्पलले आफ्नो नयाँ रोबोट लायम सार्वजनिक गर्यो । उक्त रोबोटकै एकमात्र काम भनेको आइफोन टुक्राउने हो । यसले सिँगो आइफोनलाई टुक्राएर टुक्रा टुक्रामा विभाजन गर्दछ र सबै पाटपुर्जा छुट्टाइदिन्छ ।
यसको उद्धेश्य चाहीँ काम नलाग्ने आइफोनलाई टुक्राएर उसका कामलाग्ने तथा मूल्यवान पाटपुर्जा निकाली पुनः प्रयोग गर्न सकियोस् भन्ने हो ।
एप्पलको रिपोर्ट अनुसार एउटा लायम रोबोटले एक वर्षमा १२ लाखवटा आइफोन सिक्स टुक्राउन सक्दछ । यसरी दुईवटा रोबोटले मिलेर एक वर्षमा २४ लाख आइफोन टुक्राउँछन् । एप्पलका सन् २०१६मा बेचेका २१ करोड १० लाख आइफोनको यो निकै सानो अंश हुन आउँछ ।आइफोन टुक्राउने एप्पलको यो रोबोट प्रणाली अहिले विश्वका दुईवटा ठाउँमा संचालित छ । एउटा चाहीँ अमेरिकाको क्यालिफोर्नियामा र अर्को चाहीँ नेदरल्याण्डमा ।
एप्पलका अनुसार लायम रोबोटले हरेक ११ सेकेण्डमा एउटा आइफोन सिक्सलाई टुक्रा टुक्रा पार्न सक्दछ । एप्पलका अनुसार १० हजार आइफोन टुक्राउँदा त्यसबाट काम लाग्ने १९० किलो आल्मुनियम, ८० किलो तामा, ०.१३ किलो सुन, ०.०४ किलो प्लाटिनम, ०.७० किलो चाँदी, ५.५ किलो टिन तथा २.४ किलो रेयर अर्थ मेटेरियल प्राप्त हुन्छ ।
एप्पलले सन् २०१६ मा वातावरणमैत्री गि्रन बोण्ड जारी गरेको थियो । आफ्ना परियोजनाहरु वातावरणमैत्री छन् भनेर लगानीकर्तालाई विश्वास दिलाउनका लागि एप्पलले गि्रन बोण्ड कार्यक्रम अन्तरगतनै पूराना आइफोनबाट कामलाग्ने पदार्थ निकालेर पुनः प्रयोग गर्ने कार्य गरिरहेको हो । – एजेन्सी
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK