×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसियाको चैत १६ देखि १५% हकप्रद सेयर आँउदै

LAXMI SUNRISE BANK
GLOBAL

एनआइसी एसियाको चैत १६ देखि १५% हकप्रद सेयर आँउदै

३० फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता  

काठमाडौं – एनआइसी एसिया बैंकले चैत १६ गतेदेखि १५% हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ । एनआइसीको यो हकप्रद सेयर वैशाख १९ गतेसम्म भर्न पाइनेछ । एनआइसीले १०० कित्ता बराबर १५ कित्ता अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले ८७ लाख २९ हजार ४७% कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । 
हकपद्रद सेयर निष्कासनपछि एनआइसीको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार ४९८ रुपैयाा पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने क्रममा एनआइसीले फेरि १५५ हकप्रद दिन लागेको हो । कम्पनीको यो हकप्रद सेयर चैत ६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
हकप्रदका लागि बैकले चैत ७ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । हकप्रद सेयरमा सिभिल क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौं तथा एनआइसी एसिया बैंकको मुख्य कार्यालय थापाथली काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
  एनआइसीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पुँजी पाँच अर्ब ८१ करोड ९६ लाख ४९ हजार ९९८ रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७२ करोड १४ लाख चार हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा रहेको एनआईसीको प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ५० पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी