×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भीम रावलले संसदमा सोधे, सरकार निर्लज्ज हो कि रमिते ?

LAXMI SUNRISE BANK

भीम रावलले संसदमा सोधे, सरकार निर्लज्ज हो कि रमिते ?

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं  – नेकपा एमाले  कञ्चनपुर घटनामा नागरिक मारिँदा पनि सरकारले स‌ंसदमा जवाफ नदिएको भन्दै आपत्ति जनाएको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीबाट नेपाली नागरिक मारिँदासमेत जवाफ दिन प्रधानमन्त्री र गृहमन्त्री दुवै बैठकमा उपस्थित नहुनु आपत्तिजक रहेको उसको जिकर छ । शुक्रबार व्यवस्थापिका संसद बैठकको विशेष समयमा बोल्दै एमाले उपाध्‍यक्ष भीम रावलले भौगोलिक अखण्डतामाथि आँच पुग्दासमेत सरकारले जवाफ नदिएको भन्दै आपत्ति जनाए । 
नेपाली भूमिमा विदेशी सैनिकको गोली लागेर नागरिक मारिँदा न प्रधानमन्त्री संसदमा हुनुहुन्छ न गृहमन्त्री १ यो सरकार कसका लागि काम गर्छ ? रावलले प्रश्न गरे, सरकार रमिते हो वा निर्लज्ज रु नैतिकता छ भने जवाफ दिनुपर्छ ।  साथै उनले सप्तरी घटनामा नेताहरुको हत्याको प्रपञ्च रचिएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरे । सप्तरीमा पेट्रोल बम हान्ने वितण्ड क्रियाकलापको जति निन्दा गरेपनि कम हुन्छ, रावलले भने, सरकारले घटनामा संलग्नलाई माया गरेर अघि बढ्न खोजेको हो कि के हो जवाफ चाहियो ।
 नेपाली नागरिक कञ्चनपुरमा मारिँदा सरकारले भारतले क्षतिपूर्ति दिनुपर्ने भनेर बोल्न नसकेको भन्दै उनले सरकारको नीति देखेर दुस्ख लागेको बताए । सरकारले भारतीय पक्षले क्षतिपूर्ति तिर्नुपर्ने भन्न किन नसकेको हो ? रावलले भने, सरकारको लम्पसारवादी नीति देख्दा दुस्खित् हुनुपर्ने अवस्था छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी