×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रेको आजदेखि तीन लाख ७१ हजार कित्ता सेयर लिलामी

LAXMI SUNRISE BANK

माछापुच्छ्रेको आजदेखि तीन लाख ७१ हजार कित्ता सेयर लिलामी

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – माछापुच्छ्रे बैंकले शुक्रबारदेखि लिलामीमा सेयर बिक्री सुरु गरेको छ । बैंकले हकप्रद निष्कासनका बेला नबिकेको सर्वसाधारण समूहको तीन लाख २३ हजार २०६ कित्ता र संथापकतर्फको ४८ हजार ६२३ कित्ता गरी कुल तीन लाख ७१ हजार ८२९ कित्ता सेयर लिलामीमा बेच्न सुरु गरेको हो । लगानीकर्ताले न्यूनतम मूल्य एक सय रुपैयाँ भन्दा माथि भाउ तोकेर बोलपत्र फारम भर्नुपर्नेछ । बोलपत्र चैत ३ गतेसम्म भर्न पाइनेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड काडमाडौं प्लाजा, कमलादीमा गएर बोलपत्र भर्न पाइनेछ ।
माछाले यसअघि मंसिर १९ देखि माघ २ गते सम्म ५०५ हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद लिलामीमा आवेदकले न्यूनतम एक सय कित्ता वा त्यो भन्दा बढी १० अंकले भाग जाने सबै कित्तामा आवेदन दिन पाउने छन् । बोलपत्र पेस गर्दा आवेदकले अनिवार्य रुपमा डिम्याट खाता उल्लेख गर्नुपर्नेछ । बाँडफाँटपछि सेयर डिम्याट खातामै जम्मा गरिने भएकाले डिम्याट खाता नभएका आवेदन स्वतः रद्द हुने बैैंकले जनाएको छ । बोलपत्र चैत ४ गते सिभिल क्यापिटल मार्केट लिमिटेड काडमाडौं प्लाजा, कमलादीमा विहान ११ बजे खोलिनेछ ।
माछाले बोलपत्र खोलेको सातौं दिनदेखि बाँडफाँटमा नपरेको सेयरको रकम सिभिल क्यापिटल मार्केट लिमिटेड काडमाडौंबाट चेकमार्फत फिर्ता दिने भएको छ । माछापुच्छ्रेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५७ करोड ५३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी चार अर्ब ६६ करोड ६४ लाख ३० हजार रुपैयाँ छ भने रिजर्भ कोषमा दुई अर्ब ४२ करोड ३८ लाख ९३ हजार रुपैयाँ छ । माछाको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७७ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी