×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकको ५०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL

देवः विकास बैंकको ५०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – देवः विकास बैंकको ५०%देवः २ः१ (दुई सेयर बराबर एक सेयर) अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ दरले ४४ लाख पाँच हजार चार सय ४०.३९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्कासनपछि  को चुक्ता पुँजी एक अर्ब ३२ करोड १६ लाख ३२ हजार ११७ रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंंकले तोकेको हकप्रद सेयर भर्ने अन्तिम दिन हो । शुक्रबार कार्यालय समयपछि यो हकप्रद सेयरमा आवेदन बन्द हुदैछ । देवः ले चुक्ता पुँजी पुर्याउने क्रममा देवः ले ५० ५ हकप्रद सेयर निष्कासनको बाटो रोजेको हो । 
देवः ले माघ ९ देखि फागुन १५ गते सम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर तोकिएको समयभित्र सबै सेयर बिक्री नभएपछि बैंकले १२ दिन समय थप गरेर फागुन २७ गतेसम्म भर्न पाइने व्यवस्था गरेको हो । यो हकप्रद सेयरमा पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड काठमाडौं तथा देवः विकास बैंकको केन्द्रीय कार्यालय लालदरवारसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, बिराटनगर र वीरगन्ज शाखा कार्यालय तथा गुडविल फाइनान्सको नेपालगञ्ज र इटहरी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । देवः को बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । हाल यस बैंकको चुक्ता पुँजी एक अर्ब ४४ लाख ४० हजार रुपैयाँ छ । देवः ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड तीन लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा ९बार्षिकीकरण० रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ भने १४२ रुपैयाँ ६२ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी