×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषिले आजदेखि लिलामीमा सेयर नपर्नेलाई पैसा फिर्ता दिदै

LAXMI SUNRISE BANK

कृषिले आजदेखि लिलामीमा सेयर नपर्नेलाई पैसा फिर्ता दिदै

२७ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

 काठमाडौं – कृषि विकास बैंकले लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा शुक्रबारदेखि फिर्ता दिन सुरु गरेको छ । कृषिले लगानीकर्ताले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामा नै पैसा जम्मा गरिदिन सुरु गरेको हो । बैंकले हकप्रद निष्कासनका बेला नबिकेको १९ लाख ६८ हजार ५७५ कित्ता सेयर माघ २७ देखि फागुन १२ गतेसम्म लिलामीमा बिक्री गरेको थियो ।
 लिलामीमा न्यूनतम ३६१ रुपैयाँसम्म भाउ राख्नेले सेयर पाए भने अधिकतम ६०१ रुपैयाँसम्म प्रस्ताव आयो । कृषिको सेयर लिलामीमा नौ हजार २२३ जनाले आवेदन दिएका थिए । यसमध्ये २१ सय जनाले सेयर पाए । लिलामीमा नौ अर्ब रुपैयाँ भन्दा धेरैको आवेदन परेको थियो । 
कृषिले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९० करोड ६६ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चुक्ता पुँजी यो त्रैमासमा १० अर्ब ३७ करोड ४४ लाख रुपैयाँ छ । तर यसमा साधारण सेयरको चुक्ता पुँजी भने चार अर्ब ९४ करोड १६ लाख ८८ हजार रुपैयाँ मात्र छ । बाँकी अग्राधिकार सेयर सरकारको पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ छ । बैंकको रिजर्भ कोषमा पनि नौ अर्ब २९ करोड २० लाख एक हजार रुपैयाँ जम्मा भैसकेको छ । यो रिजर्भ कोषले बैंकलाई मजबुत बनाएको छ । कृषिको प्रतिसेयर आम्दानी यो त्रैमासमा २९ रुपैयाँ ४९ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ पनि २८४ रुपैयाँ ४३ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी