×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा फाइनान्सको ८ लाख ८७ हजार कित्ता सेयर आजदेखि लिलामीमा

LAXMI SUNRISE BANK

सगरमाथा फाइनान्सको ८ लाख ८७ हजार कित्ता सेयर आजदेखि लिलामीमा

२६ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता 
काठमाडौं – सगरमाथा फाइनान्सले बिहीबारदेखि ८ लाख ८७ हजार ४६३ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । फाइनान्सले संस्थापक समूहको ७ लाख २० हजार ३१८.८३ कित्ता र सर्वसाधारण समूहतर्फ एक लाख ६७ हजार १४४.१७ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो ।
 लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी निवेदन दिनुपर्नेछ । यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद चैत २ गतेसम्म तोकिएको छ । फाइनान्सले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर यतिबेला लिलामीमा बेच्न लागेको हो । 
यसअधि फाइनान्सले पुस ११ देखि माघ १७ गतेसम्म २९ लाख ५४ हजार तीन सय ८९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । आवेदकले एनआइबीएल क्यापिटल मार्केट लिमिटेड लाजिम्पाट काठमाडौं तथा सगरमाथा फाइनान्सको केन्द्रीय कार्यलय मानभवन ललितपुरबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
 सगरमाथाको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । दुवै समूहको बोलपत्र चैत ४ गते दिउसो १ बजे कम्पनीको केन्द्रीय कार्यालय मानभवन ललितपुरमा खोलिनेछ । हाल सगरमाथाको चुक्ता पुँजी ३६ करोड ९२ लाख ९८ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सगरमाथाले पाँच करोड ६१ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४३ पैसा ९बार्षिकीकरण० रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ भने १७२ रुपैयाँ ८३ पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी