×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेवाको लिलामीमा न्यूनतम २१० रुपैयाँ ४० पैसा प्रस्ताव गर्नेले पाए सेयर

LAXMI SUNRISE BANK

सेवाको लिलामीमा न्यूनतम २१० रुपैयाँ ४० पैसा प्रस्ताव गर्नेले पाए सेयर

२५ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – वा सेविकास बैंकले लिलालीमा बेचेको सेयरमा न्यूनतम २१० रुपैयाँ ४० पैसासम्म आवेदन दिनेले पाएका छन् । यो सेयरमा अधिकतम ३५४ रुपैयाँसम्मको बोलपत्र परेको छ । टेन्डर मंगलबार खोलिएको हो । अहिले रुजु गर्ने काम भइरहेकाले बाँडफाँट हुन भने बाँकी छ ।

यो लिलामीमा सर्वसाधारण समूहतर्फ ६९३ जनाले आवेदन दिएका छन् । संस्थापकतर्फ भने १३ जनाको आवेदन परेकामा चार जनाको रद्द भएको छ । चार जना सर्वसाधारणले आवेदन दिएकाले रद्द गर्नुपरेको हो । संस्थापक सबैले सेयर पाएका छन् । संस्थापकतर्फ न्यूनतम १०० रूपैयाँ र अधिकतम १०३ रुपैयाँको बोलपत्र पेस भएको हो । संस्थापक समूहको सबै सेयर अझै बिक्री भएको छैन ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका प्रमुख सञ्चालन अधिकृत कमल नेपालले सर्वसाधारण समूहको लिलामीमा न्यूनतम ९कट अफ प्राइस० २१० रुपैयाँ ४० पैसा प्रस्ताव गर्नेले सेयर पाएको बताए । ‘अधिकतम ३५४ रुपैयाँसम्म परेको छ,’ उनले भने । तर आवेदन फारमहरु रुजु हुने काम भइरहेकाले अन्तिम निर्णय भने भइनसकेको उनले बताए ।

बाँडफाँटमा नपर्नेको पैसा चैत ६ गतेदेखि फिर्ता दिइनेछ । सेवा विकास बैंकले फागुन १७ देखि २३ गतेसम्म लिलामी सेयर बिक्री खुला गरेको हो । कुल १२ लाख ६१ हजार ७७८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरिएको हो ।

बैंकले संस्थापक समूहको १० लाख ४० हजार १७१ कित्ता र सर्वसाधारणतर्फ दुई लाख २१ हजार ६०७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।  बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर यतिबेला लिलामीमा बेचेको हो । बैंकले यसअघि मंसिर २३ देखि पुस २७ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

 हाल सेवाको चुक्ता पुँजी ५० करोड ६४ लाख १० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सेवाले सात करोड ७२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ५२ पैसा ९बार्षिकीकरण० रहेको सेवाको प्रतिसेयर नेटवर्थ भने १३६ रुपैयाँ ६१ पैसा छ ।
(

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी