×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैङ्कले गर्ने भयो १ लाख ४५ हजार बराबर हकप्रद शेयर लीलाम विक्री गर्ने

LAXMI SUNRISE BANK
GLOBAL

हिमालयन बैङ्कले गर्ने भयो १ लाख ४५ हजार बराबर हकप्रद शेयर लीलाम विक्री गर्ने

२४ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  •  अर्थसरोकार संम्वाददाता 

काठमाण्डौ – हिमालयन बैङ्क लिमिटेडको १ लाख ४५ हजार ५ सय ८० कित्ता हकप्रद शेयर चैत १० गतेदेखि लीलाम विक्री गरिँदैछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १६ रहेको छ ।
हिमालयन बैङ्क लिमिटेडको हकप्रद शेयरको लागि कात्तिक २६ गतेदेखि मङ्सिर ३० गतेसम्म हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँट भई बाँकी रहेको  सर्वसाधारण समूहतर्फ १ हजार ४५ हजार ५ सय ८० कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
 शेयरको न्यूनतम मूल्य प्रति शेयर रू। १ सय तोकिएको हँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागि  बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ ।
 कम्पनीले बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा शेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ । कम्पनीको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी