
कुमारी बैंक लिमिटेडको ५० प्रतिशत अर्थात दुई बराबर एक अनुपातको हकप्रद सेयर चैत्र ६ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनका लागि कुमारीले गत फागुन १ गते नेपाल धितोपत्र बोर्डमा अनुमति पाएको थियो ।
उक्त हकप्रदमा फागुन १९ गतेसम्म कायम सेयरधनीले बैशाख १० गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नक्सालको नारायनचौस्थित विक्री प्रबन्धकको कार्यालय र कुमारी बैंकका सम्पूर्ण शाखाहरुबाट हकप्रद भर्न पाइने बताइएको छ ।
हाल बैंकको चुक्तापुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस र हकप्रद सेयर वितरण गरेपछि बैंकको पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैयाँ पुग्नेछ ।
यसबाहेक कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई खरिद गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी छ अर्ब रुपैयाँ नाघ्नेछ । त्यस्तै, चैत्र ९ गते बस्न लागेको साधारणसभामा बैंकले बोनस, हकप्रद र एक्विजिसनपछिको चुक्तापुँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लग्दैछ । उक्त हकप्रद सेयर जारी गरेपछि कुमारीको चुक्तापुँजी आठ अर्बनजिक पुग्नेछ । चालू आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरेर कुमारीले सजिलै आठ अर्ब चुक्तापुँजी पुर्याउन सक्ने देखिएको छ ।
- बैंकिङ खबर
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्