×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कसले कति पायो नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कसले कति पायो नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ ?

Artha Sarokar

२० फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल लाइफ इन्स्योरेन्सले जारी गरेको थप नयाँ सेयर (एफपिओ) को शुक्रबार बाँडफाँड गरिएको छ । 
सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार, १० कित्ताका लागि आवेदन गर्नेमध्ये ५५०३ जनाले सेयर पाएका छन् भने २० कित्ताका लागि आवेदन गर्ने ४३७७ जनाले पनि १० कित्ता पाएका छन् । ३० कित्ता आवेदन गर्ने एक लाख १४ हजार १२५ जनाले पनि १० कित्ता सेयर पाएका छन् । १६० कित्तासम्म आबेदन गर्नेले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् ।  १७० कित्ताभन्दा वढि आवेदन गर्ने भने सबैले सेयर पाएका छन् । १७० देखि १८० कित्ता आबेदन गर्नेले अनिबार्य रुपमा १० कित्ता पाएका छन् । त्यस्तै, १९० देखि २१० कित्तासम्म आबेदन गर्नेले ११ कित्ता पाएका छन् भने ३० हजार ९६० कित्ता आबेदन गर्नेले १७ सय ४१ कित्ता पाएका छन् । 
कम्पनीले कुल चार अर्ब ४१ करोड २४ लाख ११ हजार तीन सय २५ रुपैयाँ बराबरको सेयर सर्बसाधारणका लागि जारी गरिएकोमा ५४ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी