सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद शेयरको लागि बुक क्लोज मिति तय भएको छ । बैंकले १०:२.५ को अनुपात अर्थात् २५ प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो ।
हकप्रद प्रयोजनको लागि फागुन २६ गते शेयर धनि दर्ता पुस्तिका बन्द हुने जनाएको छ । फागुन २५ गतेसम्म कायम शेयर धनीले मात्र हकप्रदको लागि आवेदन दिन सक्ने छन् ।
बैंकले गत आर्थिक बर्षमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत बर्षको मुनाफाबाट ७५ करोड रुपैयाँ बराबरको बोनश र कर प्रयोजनका लागि ३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो ।