
काठमाडौँ – नेपाल आएर पदयात्रामा जाने विदेशी पर्यटकलाई केहि हेलिकप्टर कम्पनी, ट्राभल एजेन्सी र गाइडको मिलेमतोमा विरामी बनाएर उद्धारको नाममा चर्काे शुल्क लिने गरेको पाइएको छ ।
विदेशबाट नेपाल घुम्नका लागि विमा गरेर आउने पर्यटकहरुमार्फत उद्धारको नाममा विमा कम्पनीस“ग केहि एजेन्सीहरुले नै पैसा लिइरहेको पर्यटन व्यवसायीहरुलेनै बताएका छन् । केहि पर्यटकहरुले नेपाल भ्रमण गरिसकेपछि उद्धारको नाममा हेलिकप्टर कम्पनीस“ग मिलेर ट्राभल एजेन्सीहरुले गर्ने बदमासीको विषयमा यात्रा समिक्षा गर्ने वेवसाइट ‘ट्रिप एड्भाइजर’ र ‘लोन्ली प्लानेट’मा समेत उल्लेख गरेका छन् । विरामी बनाएर वा विरामी हुन सक्ने अवस्था औंल्याएर हेलिकप्टर उद्धारको नाममा पर्यटकको विमामार्फत रकम असुलिरहेको पर्यटकहरुले आरोप लगाएका हुन् । पर्यटकलाई ट्रेकिङको बेला खानामा पखाला बनाउने औषधी मिसाएर खुवाउने र विरामी बनाएर उद्धार गर्ने गरेको पर्यटन व्यवसायीले नै बताएका छन् ।
नेपालका केहि ट्राभल एजेन्सीहरुले गाइड र हेलिकप्टर कम्पनीस“ग मिलेर यस्तो गतिविधि गरिरहेको ट्रेकिङ एजेन्सीहरुकै छाता संस्था ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) ले जनाएको छ । नियमनकारी निकायको अभाव र लिखित रुपमा उजुरी दिने नगरेपछि केहि ट्राभलले ‘फेक’ उद्धारको नाममा पर्यटकलाई अस्पतालसम्म ल्याउने काम गरेको टानले जनाएको छ ।
‘पर्यटन उद्योगमा उद्धारका नाममा पैसा असुल्ने काम भैरहेको छ,’ ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) का महासचिव कर्णबहादुर लामाले भने । हाम्रो व्यवसाय मर्यादित हुनुपर्छ । नियमनकारी निकायले अनुगमन पनि गर्नुपर्छ तर अनुगमन नभएका कारण यस्तो गतिविधी बढ्दै गएको उनले बताए । ‘टुरिष्ट पुलिस, निजी क्षेत्र र पर्यटन विभागको टास्क फोर्स गठन गरेर ट्रेकिङ अपरेटरलाई नियन्त्रण गर्नुपर्छ,’ उनले भने ।
नेपालमा पदयात्रा सञ्चालन गर्ने २२ सय वटा एजेन्सी रहेकोमा त्यसमा टानस“ग १४ सय कम्पनीमात्र आबद्ध भएकाले टानले सबैलाई हेर्ने नसक्ने लामाले बताए । ‘हामीस“ग आबद्ध भएकाले गरिरहेका छन या नभएकाले त्यो पनि हामीलाई जानकारी छैन तर भित्रभित्र यस्तो काम भैरहेको कुरा मौखिक रुपमा आइरहेको छ,’ उनले भने । ‘हामीले त हाम्रा सदस्यहरुलाई सजग गराउन सक्छौं हामीसंग संगठित नभएकालाई हामीले केहि गर्न सक्दैनौं,’ उनले भने । केहि व्यवसायीका कारण समग्र पर्यटन उद्योग नै बदनाम गराउने काम भएको उनले बताए ।
विदेशबाट विमा गरेर ट्रेकिङको प्याकेज लिएर आउने पर्यटकलाई मिलेमतोमा हेलिकप्टर कम्पनी, अस्पताल, ट्राभल एजेन्सी र गाइडले उद्धारको नाममा पैसा असुल्ने र कमिशन बा“डफा“ड गर्ने गरेको व्यवसायीहरुकै आरोप छ । विदेशी पर्यटकहरु विशेषगरि सगरमाथा आधारशिविर, अन्नपूर्ण, तथा लाङटाङ क्षेत्रमा पदयात्रा जाने र विच बाटोमा नै पुगेपछि सामान्य बिरामी बनाएर उनीहरुले गरेको बीमाको रकम असल्न उद्धार गर्ने गरेको आरोप व्यवसायीहरुले नै लगाएका हुन् ।
हेलिकप्टर उद्धारमार्फत हुने बदमासीका विषयमा अन्तराष्ट्रिय सञ्चार माध्यम ग्लोबलरेस्क्युडटकम, समिट म्यागजिन, द विमएमसीडटकमडटयूकेलगायतमा समेत समाचार प्रकाशित भैसकेको छ । यात्रा समिक्षा गर्ने वेवसाइट ट्रिप एडभाइजर र लोन्ली प्लानेटमा समेत नेपाल घुमेर गएका दर्जनौं पर्यटकले हेलिकप्टर उद्धार र बीमा रकमको विषयमा उल्लेख गरेका छन् ।
‘नेपालमा हेलिकप्टर उद्धारको नाममा पर्यटकको बीमा रकम झराल्ने काम भएको छ,’ पर्यटन व्यवसायी राजेन्द्र बजगाईले बताए । ‘हेलिकप्टर कम्पनी, अस्पताल, ट्राभल एजेन्सी मिलेर उद्धार नै गर्ने नपर्ने पर्यटकलाई उद्धार गरेर रकम लिन थालेपछि नेपालको पर्यटन क्षेत्र विस्तारै अन्तराष्ट्रिय क्षेत्रमा बदनाम हु“दै गएको छ,’ उनले भने । एउटै ग्रुपको हेलिकप्टर कम्पनी, अस्पताल र ट्राभलमा समेत लगानी गरेर संस्थागत रुपमा नै यस्तो काम गरिरहेको उनले बताए ।
‘नेपालमा अस्वभाविक उद्धारको काम बढेपछि विदेशी विमा कम्पनीहरुले नेपाल आउने पर्यटकको विमा प्रिमियम समेत दोब्बर बनाएका छन्,’ उनले भने । ट्रेकिङ प्याकेजको तीनचार डलरमा बेच्ने र उद्धारमा हजार पन्ध्रसय डलर आउने भएकाले व्यवसायीले फेक उद्धारमा लागेको चापागाईको भनाई छ । एजेन्सीले गाइडस“गको मिलेमतोमा खानामा कोलिफर्म मिसाएर विरामी गराउने गरेको उनले बताए ।
एयर डाइनेष्टिक, मनाङ एयर, फिस्टेल एयर, सिम्रिक एयरलगायतले पर्यटकलाई उद्धार गरेर ग्रान्डी, नर्भिक, बयोधा, सिविक र स्वाकनलगायतका अस्पतालमा उपचारका लागि ल्याउने गरेको टानका एक सदस्यले जानकारी दिए । एउटा अस्पतालले बार्षिक रुपमा १ सयदेखि २ सय सम्म पर्यटकको उद्धारमार्फत उपचार गरिरहेको उनले बताए ।
बयोधा अस्पतालका आपतकालिन उद्धार सेवा म्यानेजर सगुन कायस्थले बयोधामा ट्रेकिङमा गएका पर्यटक विरामी भएर उद्धारमार्फत उपचारमा आउने गरेको बताए । ‘हामीले अहिलेसम्म उद्धारमार्फत ४ सय जनाको उपचार गरिसकेका छौं,’ उनले भने । हामीकहा“ आइपुग्दा पर्यटकहरु विरामी नै भएर आइपुग्छन त्यसैले उपचार नियमित नै हुने उनले बताए । कतिपय अवस्थामा ट्राभल एजेन्सीले नै हेलिकप्टरमार्फत ल्याएर अस्पतालमा नै ल्याण्ड गराउने र अस्पताल उपचार गर्ने उनले बताए । यसमा कसको कोसँग मिलेमतो हुन्छ त्यो थाहा नहुने उनले बताए ।
नेपालमा फ्लाइट कनेक्सन, अल्पाइन रेस्क्यु सर्भिस, हिमालयन रेक्स्यू सर्भिस, ग्रेटहिमालय रेक्स्यु, एसदहिमालय रेक्स्यु, इजीहेली चार्टर सर्भिसलगायतले ट्रेकिङमा गएका पर्यटक विरामी हु“दा वा पर्यटकले माग गरेको समयमा हेलिकप्टर कम्पनीस“ग गरेर उद्धार सेवा दिने गरेका छन् ।
उद्धारका लागि हेलिकप्टर उपलब्ध गराउने एयर डाइनेष्टिकका श्याम क“डेलले आपतकालिन भनेर हेलिकप्टर माग गरेपछि आफुहरुले हेलिकप्टर उपलब्ध गराउने गरेको बताए । ‘ट्रेकिङ एजेन्सीहरुले उद्धारको नाममा हेलिकप्टर लिने गरेको हल्ला मैले पनि सुनेको छु, हामीकहा“ आइपुग्दा त विरामीकै लागि भनेर आएको हुन्छ,’ उनले भने । आफ्नै व्यवसायलाई ध्वस्त बनाएर यस्तो काम गर्नु जायज नहुने उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्