
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – बुटवल पावर कम्पनीले बिहीबारबाट २० प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी काठमाडौंबाट नगद लाभांश वितरण गर्न थालेको हो । बुटवल पावरले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिएको छ । कम्पनीले नगद लाभांशको चेक दिने भएको हो ।
चेक लिन जाँदा लगानीकर्ताले नागरिकताको फोटोकपी वा आफ्नो परिचयपत्र खुल्ने अन्य आधिकारिक पत्र पेस गर्नुपर्नेछ । स्वयं उपस्थित् हुन नसक्नेले मन्जुरीनामा दिएर पठाउन पनि सक्नेछन् । तर त्यसरी मन्जुरीनामा प्राप्त गर्ने व्यक्तिले पनि आफ्नो परिचयपत्र पेस गर्नुपर्नेछ । सेयर धितोमा राखेका व्यक्तिले चाहिँ धितोमा राखेको कम्पनीबाट नगद लाभांश फुकुवापत्र लिएर जानुपर्नेछ ।
लाभांश प्रत्येक दिन आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वितरण हुनेछ । यसैगरी, शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म मात्र दिइनेछ । उता, कम्पनीले दिन लागेको ७ प्रतिशत बोनस सेयर भने बुक क्लोज हुनुभन्दा अघि डिम्याट खाता भएकाहरुको खातामै पठाइने भएको छ । तर अहिलेसम्म सेयर डिम्याट नगर्नेको चाहिँ डिम्याट गरेपछि मात्र खातामा जानेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्