
- अर्थ सरोकार सम्बाददाता
इलाम – नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपटक महिला अध्यक्षको रुपमा चुनिएकी छिन्न । नेपाल पत्रकार महासंघ इलाममा कोकिला ढकाल अध्यक्षको रुपमा चुनिएसंगै यस्तो इतिहास रचिएको हो । नेपाल पत्रकार महासंघ इलामको सपन्न भएको अधिवेसनमा उनी अध्यक्षको रुपमा चुनिएकी हुन् । उनी प्रेस चौतारी नेपाल, इलाम साखाकी अध्यक्ष समेत हुन् ।
अध्यक्ष कोकिला ढकाल हाल राजधानी दैनिकको इलाम संवादाता, इलाम पोष्ट दैनिकको सहसम्पादक, इलाम आवाज साप्ताहिकको कार्यकारी सम्पादकको रुपमा कार्यरत छिन् । यसैगरी उनी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इलाम जिल्ला प्रतिनिधि, र सञ्चारिका समूहको अध्यक्षको रुपमा समेत काम गरिरहेकी छिन् ।
यसो त इलामका दुइ छुट्टाछुट्टै अधिवेसन सम्पन्न भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले मिलेर एकातर्फ अधिवेसन गरेका छन् भने अर्कोतर्फ संघीय प्रेस फोरम र नेपाल प्रेस युनियन मिलेर अर्कोतर्फ अधिवेसन गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्