×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे माइक्रोफाइनान्सको ५०५ हकप्रद आउँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिर्मिरे माइक्रोफाइनान्सको ५०५ हकप्रद आउँदै

Artha Sarokar

८ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ  – मिर्मिरे माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद शेयर निस्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दिएको छ । कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद शेयर निस्कासन गर्न लागेको हो ।
गत १४ पुषमा सम्पन्न कम्पनीको साधारण सभाले  ५० प्रतिशत बोनश र त्यसपछि कायम हुने चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको थियो । 
बोनस शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी चार करोड ५० लाख रुपैयाँ पुग्नेछ । अब दिने ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी ६ करोड ७५ लाख रुपैयाँ नाघ्नेछ ।
कम्पनीले पुष मसान्तसम्ममा ८४ लाख खुद मुनाफा आर्जन गरेको छ भने प्रति शेयर आम्दानी ५६.०२ रुपैयाँ पुगेको छ । कम्पनी प्रति शेयर नेटवर्थ १७८.८८ रुपैयाँ रहेको छ ।         
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी